फुटबल

मेसीले तोडे पेलेको कीर्तिमान

Lionel Messi and Pele

८ पुस, काठमाडौं । बार्सिलोनाका लागि ६ सय ४४ गोल गर्दै लियोनल मेसीले ब्राजिलियन महान् खेलाडी पेलेको कीर्तिमान तोडेका छन् । मेसीले भाल्लाडोलिडविरुद्ध ६५ मिनेटमा गोल गर्दै यो कीर्तिमान तोडेका हुन् । खेल बार्सिलोनाले ३–० ले जित्यो ।

यसअघि गत शनिबार भ्यालेन्सियाविरुद्धको खेलमा गोल गर्दै मेसीले पेलेको कीर्तिमान बराबरी गरेका थिए । पेलेले सन्तोष क्लबबाट खेल्दा ६ सय ४३ गोल गरेका थिए , जो कुनै एक क्लबका लागि एक खेलाडीले गरेको सर्वाधिक गोलको किर्तिमान थियो । ‘फुटबल खेल्न सुरु गर्दा कुनै किर्तिमान भंग गर्छु भनेर मैले कहिल्यै सोचेको थिइनँ । विशेषगरी आज मैले हासिल गरेको किर्तिमानजस्तो, जो पेलेको नाममा थियो,’ मेसीले इन्टाग्राममा लेखेका छन् ।

उनले आफ्ना साथीभाइ, सहकर्मी र सहयोग गर्ने हरेकप्रति धन्यवाद् प्रकट गरेका छन् । १३ वर्षकै उमेरमा बार्सिलोनाको युवा टोलीमा आबद्ध भएका मेसीले १७ वर्षको उमेरमा सन् २००४ मा सिनियर टोलीबाट डेब्युु गरेका थिए । उनले यस अवधिमा बार्सिलोनालाई चारपटक च्याम्पियन्स लिगसहित ला–लिगा, कोपा डेल रे, फिफा क्लब विश्वकपलगायत उपाधिहरु जिताइसकेका छन् । यस अवधिमा मेसीले सर्वाधिक ६ पटक बेलोन डि अर उपाधि समेत जितिसकेकका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस