समाचार

‘राप्रपाको एजेण्डा र मार्गचित्रले मात्र मुलुक बच्न सक्छ’ : कमल थापा

kamal thapa

८ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चाहे आन्दोलन होस् वा चुनाव, जुन बाटोबाट हुन्छ पार्टीको  एजेन्डा स्थापित गर्नमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरेका छन् ।

आज काठमाडौंमा आयोजित आन्दोलन तयारी बैठकलाई सम्बोधन गर्दै थापाले मुलुक संकटको दलदलमा भासिएको चर्चा गर्दै राप्रपाको एजेण्डा र मार्गचित्रबाट मात्र मुलुकको संकटमोचन हुन सक्ने दाबी गरे । अहिलेको संकटको शृजना कम्युनिस्ट र काङ्ग्रेसबाट भएको हुँदा ती दलहरुबाट अब निकास सम्भव नभएको भन्दै थापाले सबै राष्ट्रवादी शक्ति एकजुट भएर राप्रपाको नेतृत्व र झण्डामा गोलबन्द भइ अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले काङ्ग्रेस, कम्युनिस्टले मुलुक संचालन गर्न नसक्ने भन्दै अब राप्रपा अघि सर्नु पर्ने बेला भएको विचार व्यक्त गरे । राजसंस्था र हिन्दुराष्ट«लाई पुनर्स्थापना गर्नका निमित्त सबै तह र तप्कामा सक्रियताको आवश्यकता भएको समेत राणाको भनाई थियो ।

यस्तै अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले संसदको विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतको फैसला कुर्नु पर्ने बताए । उनले मुलुकलाई असफलताको बाटोमा लान खोजिएको र त्यो हुन नदिन राप्रपा बलियो हुनु पर्ने बताए । कार्यक्रममा राप्रपा नेता बुद्धिमान तामाङले आगामी पौष १७ गते काठमाडौंमा हुने प्रदर्शनको खाका प्रस्तुत गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस