समाचार

प्रधानमन्त्रीलाई कुनैपनि काम गर्न नदिएका कारण प्रतिनिधि सभा विघटन गर्नुपर्‍यो : नेता रायमाझी

top bahadur

८ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले प्रधानमन्त्रीलाई कुनै पनि काम गर्न नदिएका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्न नदिने र काम गर्न सकेन भन्ने खालको स्थिति भएपछि संसद विघटन गर्नुको विकल्प नभएको बताए ।

प्रतिपक्षले सरकारलाई काम गर्न दिने तर आफ्नै दल भित्रका सांसदहरुले काम गर्न नदिने स्थिति भएपछि प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशमा जानुको विकल्प नभएको नेता रायमाझीले बताए ।

उनले संसद पुनस्र्थापना गर्नुभन्दा नयाँ जनादेश लिन मध्यावधिक चुनावमा जानुपर्नेमा जोड दिए । यस्तै पार्टीभित्र पहिलो अध्यक्षको निर्णय नै अन्तिम हुने पनि उनले बताए । त्यसैअनुसार केन्द्रीय सदस्यहरुको संख्या थप गरिएको पनि स्पष्ट पारे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस