समाचार

संसदीय दलको नेतामा प्रचण्ड चयन

prachanda

८ पुस, काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ ।

पार्टी अध्यक्ष बनेको भोलिपल्ट माधव नेपालले बुधबार गरेको प्रस्तावलाई संसदीय दलको बैठकले सर्वसम्मतिले पारित गरेको हो । संसद भवन नयाँ वानेश्वरमा बसेको प्रचण्ड–नेपाल समूहको बैठकमा  प्रतिनिधि सभा र राष्ट्रियसभाका गरी ११५ जना सांसद सहभागी थिए ।

संसदीय दलको नेतामा निर्वाचित भएपछि अध्यक्ष प्रचण्डले ठूलो आफूले जिम्मेवारी पाएको भन्दै लामो संघर्षपछि प्राप्त लोकतन्त्र र संघीय संसद जिवित राख्न तथा राष्ट्र र जनताको पक्षमा काम गर्न आफ्नो सम्पूर्ण शक्ति लगाउने बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *