समाचार

बारामा जुवा खालबाट ५ जना पक्राउ

juwade bara

८ पुस, वीरगञ्ज । बारामा गेष्ट हाउसमा जुवा खेलिरहेका ५ जना जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

बाराको कलैया उपमहानगरपालिका वडा नं.४ हजारी मार्केटस्थित शाह गेष्ट हाउसमा जुवा खेलिरहेको भन्ने सूचनाको आधार खटिएको प्रहरी टोलीले घेराबन्दी गरी खानतलासी गर्दा गेष्ट हाउसको २०२ नम्बर कोठाभित्र कौडा खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–२५ बस्ने ४० वर्षीय भोला पटेल, वडा नम्बर १ बस्ने ३९ वर्षीय सुरेन्द्र साह सोनार, वडा नम्बर ६ बस्ने ४५ वर्षीय राजकिशोर साह, वडा नम्बर २७ बस्ने २७ वर्षीय मन्तोष राउत कुर्मी, महागढीमाई नगरपालिका–१ बस्ने ५५ वर्षीय पारस चौधरी रहेकोप्रहरी प्रवक्ता मिश्रले जानकारी दिए ।

प्रहरीले जुवा खालबाट नगद ३ लाख १४ हजार ३ सय ५७ रुपैयाँ र १६ थान कौडा बरामद गरेको  जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस