समाचार

काठमाडौं उपत्यकामा थपिए कोरोनाका ३१८ जना संक्रमित

kathmandu valley

८ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये काठमाडौंमा २५० जना, ललितपुर र भक्तपुरमा ३४/३४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ११८ महिला र २०० जना पुरुष रहेका छन् ।

त्यस्तै, देशभर बुधबार थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ५५ हजार ९७९ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस