बैँक / वित्त

सिटिजन्स बैंकले महिला उद्यमी कर्जा प्रवाह गर्ने

Citizen bank aggrement

८ पुस, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महिला उद्यमी महासंघ नेपालका बीच अनुदानित महिला उद्यमी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापश्चात महिला उद्यमी महासंघको सिफारिसमा यस बैंकले महिला उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ ।

महिला उद्यमशीलता कर्जा १५ लाखसम्म सहुलियतपूर्ण दरमा प्रदान गरिने बैंकले जनाएको छ । महिला उद्यमशिलताको विकाशको हेतु चाहिने आर्थिक आवश्यकताको मांगलाई सम्बोधन गर्न यो सम्झौता फलदायी हुने विश्वास बैंकले लिएको छ ।

यस सम्झौताले महिला उद्यमीहरुको पहिचान गर्न बैंकले भोग्नु परेको कठिनाईलाई मत्थर पार्न सहज हुनेछ । राज्यले लिएको विभिन्न किसिमका कर्जाहरुको सजिलो ढंगले उत्साहपूर्ण किसिमले प्रवाह गर्न बैंकले देशै भरी छरिएका १०९ वटा शाखाहरुबाट विभिन्न शिर्षकमा सहुलियत कर्जा उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस