बैँक / वित्त

साना तथा मझौला व्यवसायीलाई आर्थिक सहयोग गर्न डोटी र बैतडी पुग्यो नबिल बैंक

nabil friendship

८ पुस, काठमाडौं । नबिल बैंक लिमिटेडले स्थानिय निकायसँग समन्वय गरी विभिन्न जिल्लाका साना तथा मझौला ब्यवसायीलाई सहयोग गर्ने भएको छ । बैंकले स्थानिय बासिन्दाको आर्थिक गतिविधिमा सहयोग पु¥याउने उद्देश्यअनुरुप विभिन्न गाउँपालिकामा रहेका शाखामार्फत स्थानिय निकायसँग समन्वय गरी साना तथा मझौला ब्यवसायका साथै कृषि सम्बन्धि कार्यक्रममा सहयोग पु¥याउनको लागि स्थानीय निकायसँग सम्झौता गरेको हो ।

सोही उद्देश्यअनुरुप पुस ५ गते सायल गाउँपालिकाका अध्यक्ष तेज बहादुर डुम्रेल र पुस ६ गते पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दसँग नबिल बैंकका सहायक महाप्रबन्धक गणेश प्रसाद अवस्थीको उपस्थितिमा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख दिगेन्द्र चन्दले सम्झौता गरेका हुन् । सो कार्यक्रममा जनप्रतिनिधि, स्थानिय व्यबसायी, व्यापारी, महिला उद्यमी, कृषक एवम विभिन्न राजनीतिक दलहरुका प्रतिनिधि समेतका उपस्थिती थियो ।

उक्त कार्यक्रममाथि प्रकाश पार्दै नबिल बैंकका सहायक महाप्रबन्धक अवस्थीले नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशिका अनुरुप व्यवसायिक कृषि तथा पशुपन्छी र महिला उद्यम शिलतामा आधारित सहुलियत पुर्ण कर्जाको माध्यमबाट स्थानीयको आर्थिक विकासमा बैंकले के कस्तो योगदान दिन सक्छ भन्ने विषयमा स्पष्ट पारे ।

गाउँपालिकाका अध्यक्षद्वय तेज बहादुर डुम्रेल र गोरखबहादुर चन्दले, बैंक र गाउँपालिका बीचको सम्झौता प्रशंसा योग्य रहेको धारण व्यक्तगरे । सो कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले सम्झौताबाट सो क्षेत्रको कृषि तथा उद्यमशिलताको क्षेत्रमा व्यापक परिवर्तन ल्याउनका साथै गाउ“को आर्थिक विकासका गतिविधिमा थप टेवा पुग्ने बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस