
८ पुस, रौतहट । संसद विघटनको विरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा कार्यकर्ताले बुधवार रौतहटको सदरमुकाम गौरमा प्रदर्शन गरेका छन् । तुल, ब्यानर तथा पार्टीको झण्डासहित पुुगेका सयौं नेता तथा कार्यकर्ताले ओली सरकारको कदम असंवैधानिक रहेको भन्दै गौर बजारमा प्रदर्शन गरेका हुन् ।
विरोध तथा प्रदर्शनमा प्रदेश सांसद बाबुलाल साह, प्रदेश सांसद रामकिशोर यादव, गौर नगरप्रमुख अजय गुप्ता, देवाहीगोनाही नगरप्रमुख धर्मेेन्द्र पटेल, जिल्ला समन्वय समितिका उपसभापति रामवशिस्ठ यादव, पार्टीका केन्द्रीय सदस्य बदरुदिन अरमान भाइ, शोभा देवी साह लगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस