अर्थनीति

पर्यटन प्रवर्द्धनका लागि बैंकक-लुम्बिनी सीधा हवाई सम्पर्कमा चेम्बरको जोड

Meeting

८ पुस, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल र थाइल्याण्डबीच पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सहकार्यको आवश्यकतामा जोड दिएको छ । थाइल्याण्डको बैंकक र निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबीच सिधा उडान गरी पर्यटन र सांस्कृतिक विकासमा दुई मुलुकसँगै अगाडि बढ्नु पर्ने चेम्बरको धारणा छ ।

नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासफको सम्मानमा चेम्बरले आज आयोजना गरेको कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले बैंकक-लुम्बिनी सिधा हवाई उडानमा जोड दिए । उनले नेपाल र थाइल्याण्डबीच व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनको सम्भावनालाई उपयोग गर्न र ‘बौद्ध परिपथ’ प्रवर्द्धनका लागि बैंकक-लुम्बिनीबीच सिधा हवाई सम्पर्कका लागि पहल गरिनुपर्ने धारणा राखे ।

सोही अवसरमा राजदूत भोसिताले नेपाली व्यवसायी संस्थासंग सहकार्य गरी दुवै देशको आर्थिक सम्बन्ध विस्तारका लागि पहल गर्ने बताए । पर्यटन क्षेत्र विस्तारका लागि ‘बौद्ध परिपथ’को अवधारणा तथा बैंकक–लुम्बिनीबीचको सिधा हवाई सम्पर्कलाई सकारात्मक रुपमा लिएको बताएको चेम्बरका महानिर्देशक कैलाशकुमार बजिमयले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस