समाचार

प्रतिनिधिसभा विघटन विरुद्ध भैरहवामा प्रदर्शन

jsp protest bhairahawa

८ पुस, बुटवल । प्रतिनिधिसभा विघटन विरुद्ध जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आज विभिन्न ठाउँमा प्रर्दशन गरेको छ । यस्तै रुपन्देहीको भैरहवामा ¥याली तथा विरोध प्रदर्शन गरेको छ । भैरहवामा सिद्धार्थनगर–४ उद्योगपुरीस्थित जिल्ला पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रदर्शन गल्लामण्डी, मिलनचोक, नारायणपथ हुँदै बुद्धचोकमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै जसपाका केन्द्रीय सदस्य तथा पूर्व वनमन्त्री मोहम्मद वकिल मुसलमानले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक,अलोकतान्त्रिक र प्रतिगामी काम गरेको बताए । पार्टीका अर्का केन्द्रीय सदस्य देवेन्द्र पाण्डेय (सागर)ले प्रधानमन्त्री ओली गणतन्त्र,संघीयता र धर्म निरपेक्षता विरोधी भएकाले आन्दोलनबाट प्राप्त उपलब्धी गुम्न नदिन प्रतिनिधि सभा पुनस्थापनाका लागि आन्दोलनको विकल्प नभएको बताए ।

केन्द्रीय सदस्य किस्मत विक,अतिअुल्लाह मुसलमान,जिल्ला अध्यक्ष रामअवतार यादव,सचिव सोमनाथ शर्मा लगायतले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई आन्दोलनको बलबाट सच्याउन बाध्य पारिने बताए । यस्तै पाल्पाको तानसेन, दाङ,नेपालगन्ज लगायतका जिल्लामा पनि प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रदर्शन गरिएको पार्टीका प्रदेश सचिव यज्ञ पोखरेलले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस