खेलकुद समाचार

म्याराडोनाकाे शव परीक्षणमा भेटिएन मादक र लागू औषधका संकेत

myaradona

९ पुस, काठमाडौं । फुटबलका महानायक म्याराडोनाको अचानक निधन भएपछि विभिन्न थरिका षड्यन्त्रका सिद्धान्तहरुका बारेमा चर्चा भइरहेकै छन् । कतिपयले उनको निधन मादक पदार्थ वा लागू औषधको सेवनको कारण भएको हुन सक्ने चर्चा गरिरहेका छन् ।

तर उनको शव परीक्षणको रिपोर्टले त्यो कुरालाई खण्डन गरेको छन् । ६० वर्षको उमेरमा निधन भएका यी फूटबलका जादूगरको शव परीक्षणमा उनको शरीरमा त्यस्तो कुनै मादक पदार्थ वा लागु औषध फेला नपरेको जनाइएको छ । सो रिपोर्ट अनुसार, म्याराडोनाको मृगौला, मुटु र फोक्सोमा समस्या रहेको थियो ।

गत बुधबार सार्वजनिक गरिएको सो रिपोर्टअनुसार, म्याराडोनाले विभिन्न सात थरिका औषधीहरु सेवन गरिरहेका थिए । उनले मानसिक अवसाद (डिप्रेसन), छट्पटी –एन्टाइटी) लगायत अन्य विभिन्न समस्याहरुको उपचारका लागि ती औषधीहरु सेवन गर्ने गरेको जनाइएको छ ।

अर्जेन्टिनाका अधिकारीहरुले म्याराडोनाको मृत्युका सही कारण पत्ता लगाउन अनुसन्धान गरिरहेका छन् । यसअघि जारी गरिएको चिकित्सीय जानकारीअनुसार, म्याराडोनाको निधन ‘एक्युट पल्मोनरी इडिमा र क्रोनिक हार्ट फेलियर’का कारण भएको जनाइएको थियो।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस