
९ पुस, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।
बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार १ सयले बढेर ९४ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच बिहीबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा १२६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको हो ।
प्रतिक्रिया दिनुहोस