
९ पुस, काठमाडौं । प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि बैंकले भोलिदेखि बुक क्लोज गर्दैछ । त्यो अनुसार आजसम्म कायम शेयरधनी लाभांशको हकदार हुने छन् ।
बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस र ०.५२ नगद लाभांश दिन प्रस्ताव गरेको छ । अब पुस २६ गते हुने साधारणबाट पारित भएपछि उक्त लाभांश शेयरधनीले पाउने छन् ।
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । हाल यसको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात बैंकको चुक्ता पुँजी ११ अर्ब ३४ करोड ७० लाख रुपैंया पुग्नेछ । प्रभुको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ३० पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस