
९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभाजनको रेखा कोरिएसँगै नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीको सक्रियता बढेको छ । राजदूत याङ्छीले बिहीबार बिहान प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेकी छन् ।
राजनीतिक रूपमा विभाजित भइसकेको नेकपाका अध्यक्षलाई भेट्न राजदूत यान्छी बिहीबार बिहान उनको निवास खुमलटारमा पुगेकी थिइन् । स्रोतका अनुसार उनीहरूबीच बिहान ९ बजेदेखि आधा घन्टा कुराकानी भएको थियो ।
त्यसक्रममा उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ । यसअघि पनि नेकपामा विवाद चुलिँदा राजदूत यान्छीको सक्रियता बढ्ने गरेको थियो ।
प्रतिक्रिया दिनुहोस