समाचार

विश्व रेकर्ड राख्दै राज्यमन्त्री मानन्धर

rambir world

९ पुस, काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गर्ने भएका छन् । भोलि दिउँसो १ बजे बालाजुस्थित अष्टनारायण चलचित्र हलमा हुने विशेष कार्यक्रममा मन्त्री मानन्धरले विश्व रेकर्ड कायम गर्न लागेका हुन्  ।

गायकसमेत रहेका मानन्धरले वल्ड बुक अफ रेकर्ड रेकर्ड युकेको बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गर्न लागेका हुन् । दिउँसो एक बजेदेखि शुरु हुने कन्सर्ट नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने राज्यमन्त्री मानन्धरले बताए । उनले यो विधामा विश्वमै पहिलोपटक गीत गाउन लागेका हुन् । उनले करिब ४ घण्टासम्म गीत गाउनेछन् ।

लाइभ कन्सर्टमा पुराना कलाकारहरुका नेवारी गीत गाउने राज्यमन्त्री मानन्धरले बताए । विश्व रेकर्ड कायम गराउनका लागि वल्र्ड बुक अफ रेकर्ड युकेको टोली नेपाल आइसकेको छ । यो विधामा आयोजना गरिएको कार्यक्रम विश्वको पहलो भएकोले वल्र्ड बुक अफ रेकर्डमा पहिलोपटक राज्यमन्त्री मानन्धरको नाम लेखिनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस