
९ पुस, काठमाडौं । महिलालाई झारफुक गर्ने बहानामा बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ हैबुङका ४६ वर्षीय भिम बहादुर सुनार रहेका छन् ।
उनले ३९ वर्षीया एक महिलालाई झारफुक गर्ने बहानामा बोलाई सलम्बुटारस्थित टहरोमा बलात्कार गरेको प्रहरीले जनाएको छ । महिलामाथि बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनलाई पक्राउ गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस