समाचार

प्रचण्ड–माधव पक्षद्वारा आन्दोलनको कार्यक्रम घोषणा

sansadiya dal

९ पुस, काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । थापाथलीमा बिहीबार बसेको प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री ओलीको कदमविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

जसअनुसार पुस १० गते बिहान १० बजे प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य माइतीघरमण्डलामा उपस्थित हुने र प्रदर्शन गर्ने तय भएको छ । त्यसपछि सोही टोली निर्वाचन आयोगमा जाने तय भएको छ भने शुक्रबार नै २ बजे पत्रकार सम्मेलन राखिएको छ ।

यस्तै ११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने तय भएको छ । यसैगरी पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना गरिएको छ भने राजधानीमा थप सशक्त प्रदर्शन गर्ने घोषणा गरिएको छ । यस्तै पुस २० गते सम्म सबै नगर, गाउँ पालिकामा पार्टीको बैठक र भेला हुने छ भने २५ गतेसम्म सबै वडास्तरमा पार्टीका बैठक र भेला आयोजना हुनेछन् ।

यस्तै दोस्रो चरणमा अझै सशक्त र नेपाल बन्दसम्मका कार्यक्रम गर्ने चेतावनी दिइएको छ । हाल प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा १००१ सदस्यीय आन्दोलन परिचालन समिति गठनको प्रस्ताव गरिएको छ । पछिल्लो परिस्थितिलाई ध्यानमा राखेर प्रदेशमा तत्काल स्थायी कमिटीका सदस्यहरुलाई जिम्मेवारी थप गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *