विश्व/प्रवास

अफगानिस्तानमा हवाई कारबाही, २१ तालिाबानी लडाकू मारिए

attack in Afghanistan

९ पुस, काठमाडौं । अफगानिस्तानको दक्षिण प्रान्त हेलमाण्डको नवा जिल्लामा तालिबानी लडाकूलाई लक्ष्य गर्दै सेनाद्धारा गरिएको एक हवाई कारबाहीमा परी २१ जना मारिएका यहाँको गृह मन्त्रालयद्धारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ ।

नवा जिल्लाको मोमेन खान क्षेत्रमा बुधबार एक सुरक्षा जाँचचौकीमा आक्रमणको लागि आएका तालिबान लडाकूसमूहमाथि हवाई कारबाही भएको जनाइएको छ । सैन्य विमानले गरेको यस कारबाहीमा परी २१ तालिबान आतङ्ककारी मारिनुको साथै अन्य नौ जना घाइते भएका जारी विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीको ठूलो मात्रामा हातहतियारसमेत नष्ट भएको सैनिक स्रोतले जानकारी दएको छ ।  तालिबान लडाकू समूहले भने यस कारबाहीको केही टिप्पणी गरेका छैनन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस