समाचार

मदनको शालिकमा माल्यार्पण गर्न प्रचण्ड र माधव नेपाल बल्खु पुगे

prachanda madhav balkhu

९ पुस, काठमाडौं । काठमाडौंको बबरमहलस्थित एक पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक सकेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल बल्खुस्थित पार्टी कार्यालय पुगेका छन् ।

उनीहरुको साथमा बरिष्ठ नेता, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायत थिए । बल्खुमा पुगेर दुबै अध्यक्षले तत्कालीन एमाले माहासचिव मदन भण्डारीको शालीकमा माल्यापर्ण गरेका छन् ।

सो अवसरमा अध्यक्ष प्रचण्डले कम्युनिष्टहरुको भाव झल्किने पार्टी कार्यालय निर्माण गर्ने लक्ष्यको स्मरण गर्न आएको बताए । साथै पार्टीका सबै नेता कार्यकर्तालाई एकताबद्ध हुन सन्देश दिन खोजेको उल्लेख गरे ।

prachanda madhav balkhuअर्का अध्यक्ष माधव नेपालले पार्टी कार्यालय बल्खु आफूसँग लामो समयदेखि जोडिएको र पार्टीको मूलधार आफूसँग रहेकोले सबैलाई एकैठाउँमा आउन आग्रह गरे ।

prachanda madhav balkhu 2 prachanda madhav balkhu 3

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस