अर्थनीति

नयाँ वर्ष लागेपछि ब्रोकर कमिसन घट्छ : अध्यक्ष ढुङ्गाना

bhisma

९ पुस, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले अंग्रेजी नयाँ वर्ष लागेपछि ब्रोकर कमिसन घट्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का कार्यसमितिसँगको भेटघाटका क्रममा बोर्डका अध्यक्ष ढुंगानाले नयाँ वर्ष सुरु भएपछि नयाँ ब्रोकर कमिसन लागु गर्ने संकेत गरेका हुन् । आफूहरु यसका लागि निकै तयारी गरेको भन्दै अध्यक्ष ढुङ्गानाले सीडीएससीको प्लेटफर्मममा परिवर्तन गरेर छिटै नै नयाँ कमिसनको घोषणा गर्ने बताएका हुन् ।

‘ब्रोकर कमिसन घटाउने भन्ने कुरा हेर्दा सामान्य लागे पछि अलि जटिल नै हुँदो रहेछ । हामी कमिसनको फ्रेमवर्क र कति मकिसन घटाउनेबारे छलफल गर्दैछौं । फ्रेमवर्क लगभग तयार भइसकेको छ । अब कति घटाउने भन्ने टुङ्ग्याउन बाँकी छ,’अध्यक्ष ढुङ्गानाले भने, ‘हामीले अहिलै निर्णय गरेर मात्रै पनि लागु नहुने रहेछ, सीडीएसीको प्लेटफर्म चेञ्ज गर्र्नुपर्ने रहेछ । नयाँ वर्षपछि नयाँ उत्साह आउने आशा गरौं ।

ढुङ्गानाले पुँजी बजारमा धेरै सुधारका कामहरु भएको र अझै हुने चरणमा रहेको भन्दै यी कामहरुका बारेमा सकारात्मक प्रचार गरिदिन आर्थिक पत्रकारहरुलाई आग्रह समेत गरे । ‘हामीले सेयर कजारमा धेरै सुधारका कामहरु गरेका छौं । बैंक इन्ट्रिगेसन, ब्रोकरको क्षमता बढाउने, आईटी सुधार गर्ने काम भइरहेका छन् । हामीले इ–केवाईसी लागु गर्न सीडीएस एण्ड क्लियरिङ हाउसलाई निर्देशन दिइसकेका छौं । हिजोमात्रै सूचना प्रविधिसम्बन्धी कार्यविधि लागु गर्यौं,’ ढुंगानाले भने, ‘अर्को हप्ता दोस्रो स्टक डिलरको लाइसेन्स आउने, यही हप्ता आउँछु भन्नुभएको छ । बुकविल्डिङपछि निजी क्षेत्रका कम्पनीहरु उत्साहित हुनुभएको छ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस