समाचार

कैलालीमा दुई किलो चरेशसहित दुई जना पक्राउ

arrest

९ पुस, कैलाली । कैलालीमा लागु औषध चरेशसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालीका–३ स्थित विशालनगरबाट बझाङको बित्थडचिर गाउँपालिका–२ का करन बोहरा र सोही ठाउँका जयबहादुर बोहरालाई दुई किलो ९०० ग्राम चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

उनीहरुबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस