समाचार

प्रचण्ड–नेपाल सडक संघर्षमा, ओली पक्ष प्रतिकारमा

kp oli prachanda

१० पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूह कानुनी र राजनीतिक बचाउका लागि एकअर्काको प्रतिरोधमा उत्रिएका छन् । संघीय संसद्को प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले कानुनी र सडक संघर्ष गर्ने भएको छ भने ओली समूहले प्रचण्ड–नेपाल समूहका गतिविधिको राजनीतिक रूपमा प्रतिकार गर्ने भएको छ ।

विभाजनको कानुनी र राजनीतिक प्रक्रियामा लागेका दुवै समूह आफूलाई आधिकारिक नेकपा दाबी गर्दै एकअर्काको प्रतिकारमा उत्रिने भएका हुन् । पुष्पकमल दाहाल प्रचण्ड –माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध पहिलो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ भने केपी ओली समूह देशव्यापी कार्यकर्ता भेलामा लागेको छ ।

ओली पक्षले सातवटै प्रदेशमा इन्चार्ज तोकिसकेको छ । ओली पक्षले प्रदेशस्तरीय भेला गरी प्रतिनिधिसभा विघटन र पार्टी विभाजनको अवस्था आउनुको कारण प्रस्ट पार्दै नेता–कार्यकर्तालाई निर्वाचनमा होमिन निर्देशन दिने भएको छ ।

दाहाल–नेपाल पक्षले केन्द्रीय कमिटी बैठकबाट प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आन्दोलन परिचालन कमिटीको कमान्डर तोकेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पुनःस्थापनाको माग राखेर दाहाल–नेपाल समूहले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

दाहाल–नेपाल समूहले प्रतिनिधिसभा पुनःस्थापना माग राखेर दायर रिटमा शुक्रबार हुने सुनुवाइमा सर्वोच्च अदालत र निर्वाचन आयोगमा जाने कार्यक्रमसमेत तय गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस