समाचार

हालसम्म कतिको भयो कोरोना बीमा दावी भुक्तानी ?

corona insurance

१० पुस, काठमाडौं । बीमा समितिले कोरोना बीमा गरेकामध्ये बिहीबारसम्म १५ हजार ३८१ जनालाई बीमा दाबी भुक्तानी गरिसकेको जनाएको छ । बीमा समितिले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म कुल एक अर्ब ५० करोड ११ लाख ७५ हजार रुपियाँ कोरना बीमा दाबी रकम भुक्तानी भइसकेको छ ।

बीमा दाबी गर्नेमध्ये दुई हजार ६८६ जनाको फाइल स्वीकृति हुने प्रक्रियामा रहेको जनाइएको छ । आवश्यक काजपत्र पूरा नभएका कारण दुई हजार ५३ वटा फाइल सम्बन्धित कम्पनीमा फिर्ता पठाइएको छ । ७६ वटा फाइल दोहोरो परेका कारण भुक्तानी दाबी प्रक्रियाबाट बाहिरिएका छन् ।

अझै तीन हजार ७९८ परीक्षणको प्रक्रियामा छन् । अर्थ मन्त्रालयले बीमा दाबी भुक्तानी गरेको विवरण बारम्बार माग गर्न थालेपछि भुक्तानी हुने क्रम बढेको हो । यो समाचार आजको गोरखापत्रमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस