
१० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बेलुका ६ बजे बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । गत पुस ६ गते सात मन्त्रीले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमको विरोध गर्दै राजीनामा दिएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
यसैबीच प्रधानमन्त्री ओलीले चाँडै रिक्त पदमा मन्त्रीहरु नियुक्ति गर्ने तयारीसमेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस