समाचार

धार्मिक चाडपर्वले समाजलाई बलियो बनाएको छः मुख्यमन्त्री पौडेल

dormani poudel

१० पुस, हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले  देशभित्र मनाइने विभिन्न धार्मिक चाडपर्वले समाजलाई बलियो बनाएको बताएका छन् । इसाई धर्मावलम्बीको चाड क्रिसमसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले अनेकताका बीच बलियो एकताको उदाहरणका रुपमा संसारभर नेपाल परिचित रहेका बताए ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक राष्ट्र भएको सन्देशमा उल्लेख छ । “क्रिसमसले सबै नेपालीमा आपसी प्रेम, सहिष्णुता, भ्रातृत्व एवं राष्ट्रिय एकताको भावना बढाउने विश्वास गरेको छु” मुख्यमन्त्री पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस