१० पुस, काठमाडौं । आईएमएस ग्रुपको ई-कर्मस कम्पनी स्मार्टडोकोले मोबाइल एप तथा वेबसाइटको नयाँ भर्जन अपडेटेड गरी पुनः लन्च गर्ने भएको छ । यस नयाँ अपडेटेड स्मार्टडोकाले ग्राहकलाई सामानहरु खरिद गर्न थप सहज प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यही अवसरमा स्मार्टडोकोले स्मार्टडोको २०२१ रिलोडेड पनि ल्याएको छ । यस अफरअन्तर्गत ग्राहकले विभिन्न छुट पाउने जनाइएको छ । स्मार्टडोकोबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्मको छुट गिफ्ट कार्डको आधारमा पाउने, सेलपपेबाट रकम भुक्तानी गर्दा एक हजार लोयल्टी पोइन्टस् क्यासब्याकको रुपमा पाउने र नेपालभर निःशुल्क डेलिभरी पाइने जनाइएको छ ।
यस्तै ई-सेवाबाट भुक्तानी गर्दा तीन भाग्यशाली व्यक्तिले १५ सयसम्मको क्यासब्याक पाउनेछन् । हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, माछापुच्छ्रे बैंकबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जसमा एक हजारको सीमा हुनेलगायत योजना रहेको जनाइएको छ ।
यो अफर २५ डिसेम्बरदेखि १ जनवरी २०२१ सम्म लागु हुने कम्पनीले जनाएको छ ।