
१० पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनको विषय अदालतमा मात्र नभएर जनतामा पनि गएको बताएका छन् ।
बबरमहलस्थित कार्की ब्याङ्केटमा आयोजित पत्रकार सम्मेलनमा उनले संसद विघटनको विषय अदालतको मात्र नभएको बताएका हुन् ।
‘यो विषय अदातल मात्रै होइन । जनतामा पनि गएको छ । यो जनताको जिम्मेवारी भएको छ, अध्यक्ष प्रचण्डले भने, ‘सडकमा पनि गएको छ । सबै दलले आन्दोलनको घोषणा गरेका छन् । हामी पनि सडकमा गएका छौं ।’
प्रतिक्रिया दिनुहोस