विश्व/प्रवास

२ करोड ५० लाख जनसंख्या भएको मोरक्कोले ६ करोड ५० लाख कोरोना खोप खरिद गर्ने

corona vaccine

१० पुस, राबात । उत्तर अफ्रिकी मुलुक मोरक्कोले नयाँ कोरोनाभाइरसका लागि ६ करोड ५० लाख खोप खरिद गर्ने भएको छ ।

मोरक्कोले आफ्ना २ करोड ५० लाख नागरिकलाई खोप दिने तयारी गरेको छ । मोरक्कोका स्वास्थ्य मन्त्री खालिद एट तालेबले एक विज्ञप्ति प्रकाशन गरी खोप खरिद र वितरणका लागि तयारी अन्तिम चरणमा पुगिसकेको बताएका छन् ।

मोरक्कोले चीनको सिनोफार्म र बेलायतको अस्ट्राजेनिकाबाट खोप खरिद गर्ने योजना बनाएको सरकारी स्रोतहरुले जनाएका छन् । खोप लगाउने समय भने अझै तोकिएको छैन ।

मोरक्कोका राजा मोहम्मद छैटौंले खोप निःशुल्क प्रदान गरिने घोषणा गरिसक्नु भएको छ । करिब ३ करोड ५० लाख जनसंख्या रहेको मोरक्कोमा ४ लाख २५ हजार नयाँ संक्रमित भेटिएका छन् भने ७ हजार १३० जनाको मृत्यु भइसकेको छ । –एएफपी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस