समाचार

केपी ओली गोमन साँप जस्तो : झलनाथ खनाल

jhalanath khanal

१० पुस, काठमाडौं । नेकपा (प्रचण्ड–माधव पक्ष) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोमन सापको जस्तो प्रवृत्ति भएको बताएका छन् । केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले सो आरोप लगाएका हुन् ।

गोमान सापले कुनै बेला आफूलाई असर गरेको कोही छ भने त्यसलाई सम्झिराखेर मौका आउँदा आक्रमण गर्ने बताउँदै ओली पनि त्यस्तै प्रवृत्ति भएको नेताको संज्ञा दिए । पहिले आफूले ओलीलाई महाधिवेशनबाट हराएको रिसवीको पछि आफू अध्यक्ष भएपछि आफूलाई वरियता लगायतमा तल पारेर बदला लिएको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस