
१० पुस, काठमाडौं । नक्साल तरकारी बजारमा क्युआर कोर्डबाट भुक्तानी सुरु गरिएको छ । नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजार समितिको समन्वयमा तरकारी बजारमा यस्तो भुक्तानीको सुरुवात गरिएको हो ।
शुक्रबार तरकारी बजारमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्युआर कोडमार्फत् भुक्तानी गरी यसको औपचारिक उद्घाटन गरेका हुन् ।
तरकारी बजारलाई डिजिटल बनाउन सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नक्साल तरकारी बजारका बिक्रेतालाई क्युआर कोडमार्फत् डिजिटल भुक्तानीको तालिम दिएको थियो ।
सो बजारमा भायनेट इन्टरनेटले निःशुल्क रुपमा इन्टरनेटको सुविधा उपलब्ध गराएको छ । क्युआर कोडमार्फत् भुक्तानीका लागि सानिमा बैंकले फोन–पेसँग सहकार्य गरेको छ ।
प्रतिक्रिया दिनुहोस