
१० पुस, काठमाडौं । काठमाडौं उपत्यकामा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २१२, भक्तपुरमा २० र ललितपुरमा ४७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
यस्तै, शुक्रबार नेपालमा थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ भने मृत्यु हुनेको संख्या १८१७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस