समाचार

चिनियाँ राजदूत र अध्यक्ष नेपालबीच भेटवार्ता

nepal and yankxi

१० पुस, काठमाडौं । नेकपा (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि चीनका राजदूत हाउ यान्छीबीच भेटवार्ता भएको छ ।

राजदूत यान्छीले र अध्यक्ष नेपालबीच शिष्टाचार भेट भएको सो पार्टीका विदेश विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् । रिजालका अनुसार भेटमा उनीहरूबीच आपसी हितका विषयमा छलफल भएको छ ।

यसअघि बिहीबार खुमलटार पुगेर राजदूत यान्छीले अध्यक्ष पुष्पकमल दाहाललाई भेटेकी थिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस