समाचार

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, सात बजे सपथ

KP oli

१० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार ओलीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

जसअनुसार श्रम मन्त्रीको जिम्मेवारी प्रभु साहले पाएका छन् भने पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिएका छन् ।

यस्तै, टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालय दिएको बुझिएको छ । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरुको आज साँझ ७ बजेलाई सपथको कार्यक्रम राखिएको छ ।

प्रचण्ड–माधव पक्षका मन्त्रीहरुले राजीनामा दिएपछि ती मन्त्रालयहरु खाली रहेका थिए । नयाँ मन्त्रीहरुमा पूर्वमाओवादीका नेताहरुले प्राथमिकता पाएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस