बलिउड / हलिउड

सुपरस्टार रजनीकान्त अस्पताल भर्ना

rajanikant

१० पुस, काठमाडौं । सुपरस्टार रजनीकान्त अस्पताल भर्ना भएका छन् । हाई ब्लड प्रेसरका कारण उनी हैदराबादको अपोलो अस्पताल भर्ना भएका हुन् । अस्पतालमा उनी डाक्टरको निगरानीमा रहेको समाचार एजेन्सीले जनाएका छन् ।

रजनीकान्त शुक्रबार बिहान अस्पता भर्ना भएका हुन् । उनी बिगत १० दिनदेखि हैदराबादमा एक फिल्मको सुटिङ गरिरहेका थिए । रजनीकान्तको फिल्म सुटिङ सेटका ८ सदस्यमा हालै कोरोना भेटिएको थियो ।

सुटिङ युनिटमा कोराना देखिएपछि रजनीकान्तले पनि २२ डिसेम्बरमा कोरोना टेष्ट गराएका थिए । उनको रिपोट भने नेगेटिभ आएको थियो । अहिले उनको शरिरमा कोरोनाको केहीपनि लक्ष्यण देखिएको छैन । तर पनि उनको ब्लड प्रेसरमा धेरै उतारचढाप आएको छ । सोही कारणले पनि उनी अस्पताल भर्ना भएका हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस