
१० पुस, काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गरेका छन् ।
शुक्रबार काठमाडौंको बालाजुस्थित अष्ठनारायण हलमा भएको कार्यक्रममा मानन्धरले स्टेजमा एकल सांगीतिक प्रस्तुति दिने पहिलो बहालवाला मन्त्रीको कीर्तिमान राखेका छन् ।
मन्त्री मानन्धरले शुक्रबार दिउँसो सवा एक बजेदेखि कन्सर्ट सुरु गरेका थिए । कार्यक्रमको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज शुभारम्भ गरेका थिए ।
राज्यमन्त्री मानन्धरले लगातार ४ घण्टा ५९ मिनेटमा ५९ ओटा गित गाएर विश्वरेकर्ड राखेका हुन् । उक्त कार्यक्रमका लागि बेलायतबाट पाँचजना निर्णायकहरु आएका थिए ।
प्रतिक्रिया दिनुहोस