१० पुस, काठमाडौं । वामपन्थी नेता एवं मार्क्सवादी चिन्तक स्वनाम साथी (शसी शेरचन)को निधन भएको छ । शुक्रबार साँझ काठमाडौं मोडल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष मातृका पोखरेलले जानकारी दिए ।
केही दिनदेखि बिरामी भएका उनले मोडलमा उपचार गराइरहेका थिए । लामो समय मिर्गौला रोगबाट पीडित भएका उनलाई पछिल्लो समय निमोनियासँगै कोरोना संक्रमण पनि भएको थियो। उपचारका क्रममा उनी संक्रमणमुक्त भएका थिए ।
वामपन्थी आन्दोलनमा क्रियाशील स्वनामले पछिलो समय सीमा बचाऔँ अभियानको नेतृत्व गरिरहेका थिए ।
प्रतिक्रिया दिनुहोस