११ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिष्टले न्यायपालिका लगायत सम्पूर्ण राज्यसंयन्त्रमा भागवण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेका आरोप लगाएका छन् । सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै आज उनले यस्तो आरोप लगाएका हुन् ।
उनले भनेका छन्, ‘२०६३ सालपछि कांग्रेस, कम्युनिष्टले न्यायपालिका लगायत सम्पूर्ण राज्यसंयन्त्रमा भागवण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेका छन् । त्यसैले अपवाद बाहेक न्याय दुर्लभ भएको छ। अरूलाई ख्वाउन पालेको बाघले एकदिन आफैंलाई खान सक्छ भन्ने चेतना सडकको चिसो भुइँमा बसेका प्रचण्ड, नेपाललाई भएकै होला ।’
https://twitter.com/KTnepal/status/1342657360985161728
प्रतिक्रिया दिनुहोस