
११ पुस, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा पुनःस्थापनालाई राजनीतिक मुद्दा बनाउन नहुने पक्षमा देखिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
उनले केन्द्रीय कार्यसमितिको जारी बैठकमा प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा बोल्ने सदस्यलाई समेत ‘अदालतमा प्रवेश गरेको विषय’ भन्दै नबोल्न भनेको समाचारमा उल्लेख छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक भन्ने तर पुनःस्थापनाको माग उठाउन नहुने देउवाको भनाइ छ ।
देउवा पुनःस्थापनाको विरोधमा देखिएपछि शुक्रबारको बैठकमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएको बताइएको छ । राजधानी दैनिकले पनि देउवाले कांग्रेसले प्रतिनिधिसभा पुनस्थापनाको कुनै एजेन्डा नबोक्ने बैठकमा स्पष्ट पारेको खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस