
११ पुस, कैलाली । कैलालीमा चितुवाको छाला र हड्डीसहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा डोटी जिल्ला जोरायल गाउपालिका ४ बस्ने बर्ष ३१ का किरन पुन,डोटी आदर्श गाउपालिका ५ लामीखाल बस्ने बर्ष ३५ का बिर बहादुर धामी र सोही ठाँउ बस्ने बर्ष २२ का योगेन्द्र धामी रहेका छन् ।
गोदावरी नगरपालिका-२ स्थित मिट पोइण्ट होटलबाट चितुवाको १ थान छाला र २ थान हड्डीसहित पक्राउ परेका किरनको बयानको आधारमा बीर बहादुर र योगेन्द्रलाई समेत प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
बरामद छाला र हड्डी डिभिजन वन कार्यालय धनगढी कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस