समाचार

खुमलटारमा प्रचण्ड र वामदेवबीच भेटवार्ता

Bamdev gautam and prachanda

११ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच करिब एक घण्टा वार्ता भएको हो । सो क्रममा प्रचण्डले गौतमलाई आफ्नो समूहमा आउन अनुरोध गरेको स्रोतले बताएको छ । तर, गौतमले भने स्पष्ट जवाफ नदिएको बताइएको छ ।

संसद विघटन प्रकरण पछि नेकपा विभाजित भएपनि गौतम हालसम्म केपी ओली र प्रचण्ड–माधव पक्ष कतैपनि खुलेका छैनन् । दुबै पक्षले गौतमलाई आफूतिर तान्न प्रयास गर्दै आएपनि उनले निर्णय लिइसकेका छैनन् ।

गौतम दुबै पक्षको केन्द्रीय समिति र गुटको भेलामा सहभागी भएका छैनन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस