समाचार

१८ केजी गाँजासहित बाबुछोरा पक्राउ

arrested

११ पुस, चितवन । इलाका प्रहरी कार्यालय भण्डाराले १८ केजी अवैध लागुऔषध गाँजासहित बाबुछोरालाई शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका–७ गर्लिङ घर भएका ३५ वर्षीय रामकृष्ण प्रजा र उनीका १२ वर्षीय छोरा रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुलाई राप्ती नगरपालिका–४ झरना जाने सडकबाट पक्राउ गरिएको हो ।

जाँचका क्रममा उनीहरुको साथमा रहेको कालो झोलामा गाँजा भेटिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान र कारवाहीका लागि इलाका प्रहरी कार्यालय खैरहनी ल्याइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस