११ पुस, मोरङ । भारतीय नक्कली नोटसहित मोरङ प्रहरी दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बौका चोप्रहा निवासी ३० वर्षीय कुन्दनको साथबाट २०० का भारतीय नक्कली नोट रु तीन हजार ४०० र अर्का भारतीय नागरिक शिवरञ्जन सिंहका साथबाट १०० को भारतीय नक्कली नोट रु १४ हजार ३०० बरामद गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
प्रहरीले दुवै जनालाई मोरङको रङ्गेली नगरपालिका क्षेत्रबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस