समाचार

नेकपा फुटको प्रभाव : प्रदेश १ का आर्थिक मामिलामन्त्री आङ्बो पदमुक्त

chief minister sherdhan rai

११ पुस, विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रहाङ आङ्बोलाई पदमुक्त गरेका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सरकारकै जिम्मेवार मन्त्री सक्रिय भएको आरोप लगाउँदै मुख्यमन्त्री राईले उनलाई पदमुक्त गरेका हुन् ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएको छ । केन्द्रमा प्रधानमन्त्री ओलीको एउटा समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको अर्को समूह बनेको छ ।

प्रदेश १ मा प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको तयारी गरेको चर्चा चल्दै गर्दा मुख्यमन्त्री राईले अर्थमन्त्री आङ्बोलाई पदमुक्त गरेका हुन् । मुख्यमन्त्री राई ओली समूहका हुन् ।

संविधानको धारा १६९ को (२) (ख) बमोजिम मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब सुवेदीले जानकारी दिए । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन मन्त्री आङ्बो आफै लागेको थाहा पाएका मुख्यमन्त्री राईले शनिबार सँझ उनलाई पदमुक्त गरेको उनको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस