
१२ पुस, गुल्मी । गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठका अनुसार रेसुङ्गा नगरपालिका– १३ भगारिका २६ वर्षका टोप बहादुर जाली र २३ वर्षका बालकृष्ण भुजेलको ट्रकको ठक्करबाट आइतबार बिहान मृत्यु भएको हो ।
बुटवलबाट खाद्यान्न बोकेर तम्घास तर्फ आउँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारीस्थित मसिने खोलामा आज विहान साढे २ बजेतिर ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको एसपी श्रेष्ठले बताए । प्रहरीले चालक र ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीले जनाएको छ ।
शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस