समाचार

बुटवलको कोरोना विशेष अस्पतालबाट बिरामी भागे

corona hospital butwal

१२ पुस, काठमाडौं । बुटवलस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका एक जना बिरामी भागेका छन् ।

गएको बुधबार कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइसियुमा भर्ना भएका बुटवल १३ का बेलावसका ५५ वर्षिया पुरुष आज बिहान अस्पतालबाट भागेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार पिसाब फेर्न शौचालय गएर नफर्किएको बताए ।

‘अक्सिजन नलगाइकन औषधि उपचार भइरहेको थियो,’ उनले भने, ‘बिरामीले घर जाने भनी शनिबार साँझदेखि नै भनिरहनु भएको थियो ।’ आइतबार परिवारका सदस्य बोलाइ सल्लाह गर्ने भनिएको भन्दै उनले बिहान ६ नबज्दै शौच गर्न गएका बिरामी भागेको बताए ।

बिरामीले शनिबार साँझ आफूलाई अस्पतालबाट घर लैजान भनेको उनकी श्रीमतीले बताइन् । ‘शरीरदेखि धेरै रगत निकालेका छन् भन्नुभएको थियो,’ उनले भनिन्, ‘आईसीयूको बिरामी एक्लै बाहिरको शौचालय कसरी जान सक्छ ?’ आइतबार बिहान आफूले बिरामीसँग सम्पर्क गर्न खोज्दा बिरामीको मोबाइल बन्द रहेको उनले बताइन् ।

अस्पताल प्रशासनका अनुसार ती बिरामीको खोजी भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *