
१२ पुस, काठमाडौं । गायक सुमन केसी र गायिका मेलिना राईको स्वर रहेको ‘पिरती’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा अम्बिका गुरुङको शब्द तथा दीपक शर्माको संगीत रहेको छ । गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र सुशीला थापाको अभिनय देख्न सकिन्छ । भिडियोमा नाजिर र सुशीला निकै रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् ।
निकेश खड्काको निर्देशन रहेको भिडियोमा सुवोल थापाको कोरियोग्राफी रहेको छ । बुद्ध थापाको छायांकन रहेको भिडियो विकाश धमलाको सम्पादन रहेको छ ।
प्रतिक्रिया दिनुहोस