समाचार

सरकारको पहिलो प्राथमिकता निर्वाचन : मन्त्री साह

prabhu shah

१२ पुस, काठमाडौं । नवनियुक्त सहरी विकासमन्त्री प्रभु साहले पदभार ग्रहण गरेका छन् । मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री साहले सरकारको पहिलो प्राथमिकता निर्वाचन भएकाले सोहीअनुसार काम गर्ने बताएका हुन् । त्यस्तै साहले चालू आर्थिक वर्षको बजेटमा समावेश कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउने गरी दोस्रो प्राथमिकता रहेको बताए ।

‘सरकारको पहिलो काम निर्वाचन गराउने हो । त्यो निर्वाचन निस्पक्ष रुपमा सम्पन्न गर्नेतर्फ नै सरकारको ध्यान जानेछ’, मन्त्री साहको भनाइ छ । मन्त्री साहले सहरी विकास मन्त्रालयको काम विकास योजनाहरु सम्पन्न गर्ने भएकाले तर्जुमा भएका योजनाहरुलाई निरन्तरता दिँदै अघि बढ्ने प्रतिवद्धता समेत जनाए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गरेको मन्त्रिपरिषद् पुनर्गठनमा राज्यमन्त्रीसहित नौ जना नयाँ मन्त्रीहरुलाई जिम्मेवारी दिनुका साथै ६ जना पुरानाको जिम्मेवारी हेरफेर गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस