समाचार

सरकारी छाप दस्तखत किर्ते गर्ने फरार प्रतिवादी पक्राउ

arrested

१२ पुस, मोरङ । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर-१४ बस्ने ३८ वर्षीय तुलसी महतो रहेका छन् ।

महतोलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आइतवार विराटनगर महानगरपालिका वडा नम्बर-८ स्थित जिल्ला अदालत छेउबाट पक्राउ गरेको हो । जिल्ला अदालत मोरङले २०६७ असोजमा कीर्ते मुद्दामा १ वर्ष कैद तोकेको थियो ।

उनलाई आजै जिल्ला अदालत मोरङमा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस