
१२ पुस, काठमाडौं । संसद भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जनता समाजवादी पार्टी (जसपा)नेपालले आज आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
आइतबार सो पार्टीले रत्नपार्क शान्तिबाटिका, पुतलीसडक हुँदै पुनः शान्ति बाटिकासम्म विरोध प्रदर्शन गरेको हो । अहिले प्रदर्शन जारी छ । प्रदर्शन शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत हुने जनाइएको छ ।
कोणसभालाई पार्टीका बरिष्ठ नेता डा.बाबुराम भट्टराई, महन्थ ठाकुर लगायतले सम्बोधन गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस